spot_img

प्रधानमन्त्री कपमा आज जनकपुर र वीरगञ्जमा प्रतिस्पर्धा

spot_img
spot_img

वीरगञ्ज। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट अन्तर्गत आज पनि दुई महत्वपूर्ण खेल हुँदैछन्।

आज बिहान साढे ९ बजे जनकपुर मा कोशी प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोलीले समान १–१ खेलबाट १–१ अंक जोडिसकेका छन्। उद्घाटन खेल वर्षाले प्रभावित हुँदा कोशीले मधेशसँग अंक बाँडेको थियो भने लुम्बिनीको कर्णालीसँगको खेल पनि अवरुद्ध हुँदा उसले पनि एक अंक जोडेको थियो।

त्यस्तै, आजै बिहान साढे ९ बजे वीरगंज रंगशाला मा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ।
यसअघि हिजो भएका खेलमा त्रिभुवन आर्मी क्लबले पुलिस क्लबलाई २२ रनले पराजित गरेको थियो भने एपीएफ क्लबले बागमती प्रदेशमाथि ७१ रनको फराकिलो जित दर्ता गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय