मकवानपुर,११ चैत । बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान भएको ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा सन्तोष यादव (२०),बीरगन्ज महानगरपालिका–३२ निवासी, को मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक कृष्ण यादव (३३)लाई उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।




