spot_img

ओली पक्राउपछि एमालेको आकस्मिक बैठक

spot_img
spot_img

काठमाडौं,१४ चैत । नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक बैठक बोलाएको छ। पार्टीले आज बिहान साढे ८ बजे सचिवालय बैठक राख्दै आगामी रणनीति तय गर्ने जनाएको छ।

पार्टीका सचिव महेश बस्नेतका अनुसार बैठकपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ। उनले पछिल्ला घटनाक्रमले देशको राजनीतिक अवस्था चिन्ताजनक बनेको टिप्पणी गरेका छन्।

बस्नेतले ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै यसले द्वन्द्व बढाउने चेतावनी दिएका छन्। साथै उनले वर्तमान सरकारको नेतृत्वप्रति पनि असन्तुष्टि जनाएका छन्।

उनले लोकतन्त्रमा राजनीतिक बन्दी नहुनु महत्त्वपूर्ण सूचक भएको उल्लेख गर्दै नेपालमा देखिएको पछिल्लो अवस्था त्यसको विपरीत गएको बताए। बस्नेतले पार्टी कार्यकर्तालाई आन्दोलनमा सहभागी हुन आह्वानसमेत गरेका छन्।

ओलीको पक्राउसँगै देशको राजनीतिक तापक्रम बढिरहेको छ भने आगामी दिनमा आन्दोलन र प्रतिरोधका कार्यक्रम तीव्र हुने संकेत देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय