spot_img

ओली पक्राउको विरोधमा भृकुटीमण्डपमा अनेरास्ववियूको प्रदर्शन

spot_img
spot_img

काठमाडौं,१४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले भृकुटीमण्डपमा विरोध प्रदर्शन गर्ने भएको छ।

संगठनका अध्यक्ष दीपक धामीले विद्यार्थीहरू स्वतन्त्र रूपमा सडकमा उत्रिन लागेको जानकारी दिएका छन्। उनका अनुसार संयुक्त प्रदर्शनअघि अनेरास्ववियूले छुट्टै प्रदर्शन आयोजना गर्न लागेको हो।

शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले जनसंगठनहरूलाई आन्दोलनमा उतार्ने निर्णय गरेपछि विद्यार्थी संगठन पनि सक्रिय बनेको हो।

अनेरास्ववियूको प्रदर्शन भृकुटीमण्डपमा हुने छ भने दिउँसो ३ बजे माइतीघर मण्डलामा विभिन्न जनसंगठनहरूको संयुक्त प्रदर्शन आयोजना गरिने बताइएको छ।

ओली पक्राउपछि देशभर विरोधका कार्यक्रम बढ्दै गएका छन् र राजनीतिक गतिविधि थप तातेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय