spot_img

ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताद्वारा आयोगको प्रतिवेदन दहन

spot_img
spot_img

काठमाडौँ,१४ चैत । नेकपा एमालेका कार्यकर्ताहरूले ‘जेनजी आन्दोलन’ सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन जलाउँदै विरोध प्रदर्शन गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आक्रोशित कार्यकर्ताहरूले च्यासलस्थित पार्टी कार्यालय बाहिर प्रतिवेदन दहन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरूले वर्तमान सरकारमाथि ‘राजनीतिक प्रतिशोध’ लिएको आरोप लगाएका छन्।

यसैक्रममा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु ले पनि काठमाडौँको भृकुटीमण्डपमा छुट्टै प्रदर्शन गरेको छ। उनीहरूले ओलीको रिहाइको माग गर्दै टायर बाल्नुका साथै नाराबाजी गरेका थिए।

एमाले सचिवालयले अध्यक्ष पक्राउको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरिसकेको छ। सोही कार्यक्रमअनुसार विभिन्न स्थानमा विरोध प्रदर्शन तीव्र बन्दै गएको छ।

सरकारले भने आयोगको प्रतिवेदन कार्यान्वयनका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको बताउँदै आएको छ। यस विषयले राजनीतिक तनाव अझ बढाउने संकेत देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय