spot_img

रवि–महन्थ भेट: विकास एजेन्डामा सहकार्य संकेत

spot_img
spot_img

काठमाडौँ,१७ चैत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिवि लामिछाने र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता एवं राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबीच मंगलबार महत्त्वपूर्ण भेटवार्ता भएको छ।

बुढानीलकण्ठस्थित लामिछानेको निजी निवासमा भएको करिब एक घण्टा लामो भेटमा समसामयिक राजनीतिक अवस्था, मधेस प्रदेशको विकास र आगामी सरकारका प्राथमिकताबारे विस्तृत छलफल भएको जनाइएको छ।

लामिछानेको सचिवालयका अनुसार भेट सकारात्मक र परिणाममुखी रहेको छ, जहाँ दुवै नेताले विकासका साझा एजेन्डामा सहकार्य गर्ने विषयमा सहमति जनाएका छन्।

हालै सम्पन्न निर्वाचनमा रास्वपाले ठूलो जनसमर्थन प्राप्त गरेपछि अन्य दलहरूले पनि संवाद र सहकार्यको पहल बढाइरहेका छन्। मधेस राजनीतिमा प्रभावशाली मानिने ठाकुर र लामिछानेबीचको यो भेटलाई सम्भावित सत्ता समीकरण र नीतिगत सहकार्यको सुरुवातका रूपमा हेरिएको छ।

यस भेटले विशेषगरी मधेसका मुद्दाहरू नयाँ सरकारको प्राथमिकतामा कसरी समेटिन्छन् भन्ने विषयमा राजनीतिक चासो अझ बढाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय