रवि–प्रभु साह भेट: मधेसलाई प्राथमिकतामा राख्ने सरकारको प्रतिबद्धता

spot_img

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टीका अध्यक्ष  प्रभु साह बीच मंगलबार महत्वपूर्ण भेटवार्ता भएको छ।

बुढानीलकण्ठस्थित लामिछानेको निवासमा भएको भेटमा समसामयिक राजनीतिक अवस्था र विशेषगरी मधेसको विकासका विषयमा केन्द्रित छलफल भएको जनाइएको छ।

लामिछानेले नयाँ सरकार गठनको सन्दर्भमा मधेस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिने स्पष्ट पारेका छन्। पछिल्लो जनमतले देशभर परिवर्तनको आवश्यकता औंल्याएको भन्दै दुवै नेताले सहकार्य र समन्वयमार्फत अघि बढ्ने विषयमा जोड दिएका छन्।

भेटका क्रममा अध्यक्ष साहले लामिछानेलाई औपचारिक बधाई दिएका थिए भने दुवै पक्षबीच भविष्यमा सहकार्यको सम्भावनाबारे सकारात्मक संकेत देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय