रौतहट,१८ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोग को टोलीले रौतहट जिल्ला अदालतमा छापा मार्दै एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।
हेटौंडाबाट खटिएको अख्तियारको टोलीले अदालतमा कार्यरत डिट्ठा लभकुमार सिंह लाई ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो।
सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस मागिएको उजुरी परेपछि अख्तियारले विशेष निगरानी बढाएको थियो। सोही क्रममा डिएसपी राजिव श्रेष्ठ को नेतृत्वमा पुगेको टोलीले गौरस्थित जिल्ला अदालत परिसरमै उनलाई पक्राउ गरेको जनाएको छ।
अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।




