spot_img

इरान तनावबीच अमेरिकी सैन्य नेतृत्वमा ठूलो फेरबदल, सेना प्रमुखसहित तीन जनरल पदमुक्त

spot_img
spot_img

काठमाडाै,२० चैत । इरानसँगको बढ्दो तनावका बीच अमेरिकी सैन्य नेतृत्वमा ठूलो फेरबदल गरिएको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सेना प्रमुख र्यान्डी जर्जलाई तत्काल अवकाश लिन निर्देशन दिएका छन्।

यससँगै च्याप्लिन प्रमुख मेजर जनरल विलियम ग्रीन जुनियर र आर्मी ट्रान्सफर्मेसन तथा तालिम कमान्डका प्रमुख डेभिड होड्नेललाई पनि पदमुक्त गरिएको छ।

यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वबारे राष्ट्रलाई सम्बोधन गरेको भोलिपल्ट आएको हो। उक्त सम्बोधनमा ट्रम्पले इरानविरुद्ध आक्रमण थप तीव्र पार्ने संकेत दिएका थिए।

पेन्टागनका प्रवक्ता सीन पार्नेलले सामाजिक सञ्जालमार्फत जर्जको अवकाशको पुष्टि गर्दै उनको दीर्घकालीन सेवाको प्रशंसा गरेका छन्। तर स्रोतहरूका अनुसार यो निर्णयले सैन्य वृत्तमा आश्चर्य र अन्योल सिर्जना गरेको छ।

रिपोर्टअनुसार जर्जलाई पदमुक्त गरिएको जानकारी बैठककै क्रममा फोनमार्फत दिइएको थियो। उनले ह्वाइट हाउससँग नजिक मानिने अधिकारी ड्यान ड्रिस्कोलसँग काम गर्दै आएका थिए, तर रक्षा मन्त्रालयसँग सम्बन्ध कहिलेकाहीँ तनावपूर्ण रहेको बताइन्छ।

विश्लेषकहरूका अनुसार यस्तो आकस्मिक निर्णयले इरानसँगको संवेदनशील अवस्थाबीच अमेरिकी सैन्य नेतृत्वमा अस्थिरता देखिएको संकेत गर्दछ। विशेषगरी वायु तथा मिसाइल प्रतिरक्षा प्रणाली व्यवस्थापनमा यसको प्रभाव पर्न सक्ने आँकलन गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय