spot_img

वीरगञ्जमा अर्थमन्त्री वाग्लेको अनुगमन जारी

spot_img
spot_img

वीरगञ्ज । अर्थमन्त्री वाग्ले हाल वीरगञ्जमा अनुगमनमा रहेका छन्। उहाँले वीरगञ्ज भन्सार कार्यालय क्ष्ऋए र सिर्सिया सुख्खा बन्दरगाहमा पुगेर स्थलगत निरीक्षण गरेका छन्।

भ्रमणका क्रममा उहाँले क्षेत्रको व्यापारिक अवस्था, राजस्व सङ्कलनको वर्तमान स्थिति तथा सेवा प्रवाहमा देखिएका समस्याबारे जानकारी लिइरहनुभएको छ। साथै, निजी क्षेत्रले भोगिरहेका चुनौतीबारे पनि बुझ्ने क्रम जारी छ।

अर्थमन्त्री वाग्लेले भन्सार कार्यालयका कर्मचारी तथा स्थानीय उद्योगी–व्यवसायीसँग भेटघाट गर्दै राय–सुझाव संकलन गरिरहनुभएको छ।

अर्थ मन्त्रालयका अनुसार, यो अनुगमन व्यापारिक वातावरण सुधार तथा राजस्व सङ्कलन प्रक्रियामा पारदर्शिता र प्रभावकारिता बढाउने उद्देश्यले गरिएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय