डा. नारायण कँडेल महान्यायाधिवक्तामा नियुक्त

spot_img

काठमाडौं,२२ चैत । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कानुनी टोलीलाई पूर्णता दिँदै डा. नारायण कँडेल लाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ। आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अनुभवी कानुनविद् कँडेललाई सरकारको मुख्य कानुनी सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको हो।

महान्यायाधिवक्ताको रूपमा उनले अब नेपाल सरकारका तर्फबाट अदालतमा हुने बहस, पैरवी तथा फौजदारी मुद्दाहरूको अभियोजन कार्यको नेतृत्व गर्नेछन्। साथै, सरकारलाई आवश्यक पर्ने जटिल कानुनी राय–सल्लाह प्रदान गर्ने संवैधानिक दायित्व पनि उनको जिम्मेवारीमा पर्नेछ।

सरकारले अघि बढाएको सुशासन र भ्रष्टाचार नियन्त्रण अभियानलाई कानुनी रूपमा सुदृढ बनाउन कँडेलको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। नवनियुक्त महान्यायाधिवक्ता कँडेलको कार्यकालसँगै न्याय प्रणाली थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बन्ने विश्वास गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय