बाराबाट ३० किलोभन्दा बढी गाँजा बरामद

spot_img

बारा,१५ वैशाख । भारत–नेपाल सीमावर्ती दशगज्जा क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले ठूलो परिमाणमा गाँजा बरामद गरेका छन्।

सोमबार साँझ करिब ५ बजे बारा जिल्लासँग जोडिएको नो म्यान्स ल्याण्ड क्षेत्र, झरोखर नजिक नियमित चेकजाँच भइरहेको बेला एक टाटा सफारी गाडी शंकास्पद अवस्थामा फेला परेको थियो। सो क्रममा चालक गाडी छाडेर फरार भएपछि सुरक्षाकर्मीको ध्यान तानिएको हो।

संयुक्त टोलीले गरेको जाँचमा गाडीभित्र लुकाइ राखिएको करिब ३० किलोभन्दा बढी गाँजा फेला परेको सशस्त्र सीमा बल एसएसबीले जनाएको छ। एसएसबी मुख्यालय पिपराकोठीका सहायक कमान्डेन्ट बिश्वजित तिवारी का अनुसार गाँजा प्याकेटमा लुकाएर राखिएको अवस्थामा बरामद गरिएको हो।

बरामद भएको बीआर ०५ पी ७३१८ नम्बरको टाटा सफारीभित्र सवारी दर्ता प्रमाणपत्रसमेत भेटिएको छ। घटना सीमा स्तम्भ ३५७/०३ नजिक झरोखर क्षेत्रको नो म्यान्स ल्याण्डबाट भएको हो।

एसएसबी प्रवक्ता बिनित कुमार सिंह का अनुसार गाडी र बरामद गाँजा नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रारम्भिक अनुमानअनुसार उक्त गाँजा नेपालतर्फको मकवानपुरबाट बारा हुँदै भारततर्फ लैजान खोजिएको हुन सक्ने आशंका गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय