धितोपत्र बोर्ड अध्यक्षका लागि आवेदन खुला

spot_img

काठमाडौँ,१५ वैशाख । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ। सरकारले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य व्यक्तिहरूसँग दरखास्त मागेको हो।

यसअघि बोर्डका अध्यक्ष सन्तोष श्रेष्ठले वैशाख ४ गते पदबाट राजीनामा दिएका थिए, जसपछि नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाइएको हो।

आवेदन दिन इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिबाट ७ दिनभित्र अर्थ मन्त्रालयअन्तर्गत सिंहदरबारस्थित वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा रहेको समितिको सचिवालयमा आवश्यक कागजातसहित निवेदन दिन सक्नेछन्।

योग्यताका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको र धितोपत्र बजार, पूँजी बजार विकास, आर्थिक तथा वित्तीय क्षेत्र, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको अनुभव अनिवार्य गरिएको छ।

उमेर हद ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ। साथै भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागूऔषध कारोबारजस्ता गम्भीर फौजदारी कसुरमा दोषी ठहर भएका व्यक्तिहरू अध्यक्ष पदका लागि अयोग्य मानिनेछन्।

सरकारले योग्य र अनुभवी व्यक्तिको नेतृत्वमा पूँजी बजारलाई थप सुदृढ बनाउने उद्देश्यसहित आवेदन प्रक्रिया सुरु गरेको जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय