spot_img

धनुषामा चितुवाको आक्रमणबाट एकजना घाइते

spot_img
spot_img

जनकपुर,२३ वैशाख । धनुषाको मिथिला नगरपालिका–७ केमलीपुरमा चितुवाको आक्रमणबाट एकजना स्थानीय घाइते भएका छन्। घाइते हुनेमा ४८ वर्षीय किर्तिमान विक रहेका छन्।

प्रहरीका अनुसार आज बिहान खेतमा लगाइएको तारजालीको बारमा चितुवा फसेको थियो। सोही चितुवा हेर्न पुगेका विकमाथि अचानक आक्रमण भएपछि उनी घाइते भएका हुन्।

घाइते विकको ढल्केबरस्थित एक निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ।

हाल चितुवा अझै पनि तारजालीमै फसेको अवस्थामा रहेको र उद्धारका लागि वन कार्यालय तथा सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गएको प्रहरीले जानकारी दिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय