spot_img

बारामा ७ किलो गाँजासहित एक जना पक्राउ

spot_img
spot_img

बीरगन्ज,२३ वैशाख । बाराको सिम्रौनगढबाट प्रहरीले ७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–६ गोलागंज निवासी अन्दाजी ३० वर्षीय विश्वनाथ मलिक डोम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले सोमबार उनलाई नियन्त्रणमा लिएको हो। प्रहरी नायब निरीक्षक सुन्दरकान्त मिश्राको नेतृत्वमा गएको टोलीले डोमको घरमा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा ७ किलो गाँजा बरामद गरेको जनाएको छ।

निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार पक्राउ परेका डोममाथि लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। यसका लागि बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय