देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ जारी गर्न इन्टरपोलको अस्वीकार

spot_img

काठमाडौं, २३ वैशाख — सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध ‘रेड नोटिस’ जारी गर्ने नेपालको प्रयासलाई  इन्टरपोलले अस्वीकार गरेको छ।

नेपाल प्रहरीमार्फत पठाइएको अनुरोधमाथि अध्ययन गर्दै इन्टरपोलले हालको अवस्थामा रेड नोटिस जारी गर्न आवश्यक कानुनी आधार र स्पष्ट कसुर नदेखिएको जनाएको हो। प्रहरी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग को सिफारिसपछि प्रक्रिया अघि बढाइए पनि इन्टरपोलले अनुसन्धानको प्रकृति र आधारमै प्रश्न उठाएको छ।

इन्टरपोलको ठहर अनुसार, मुद्दासँग सम्बन्धित कसुर पर्याप्त स्पष्ट नभएको र सम्पत्ति शुद्धीकरणको विषय मात्रै केन्द्रित गरेर प्रक्रिया अघि बढाइएकोले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको देखिएको छ।

यसअघि काठमाडौं जिल्ला अदालतले देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि सरकारले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरबाट खोजी गर्न पहल थालेको थियो। तर रेड नोटिस अस्वीकृत भएपछि अब विदेशमा रहेका व्यक्तिलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जटिल बन्ने संकेत देखिएको छ।

उता, ‘जेन–जी’ आन्दोलनका क्रममा निजी निवासमा आक्रमण भएपछि देउवा दम्पतीलाई सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी विदेश पठाइएको थियो। उपचारका लागि बाहिरिएका उनीहरू हालसम्म स्वदेश फर्किएका छैनन्। उनीहरू अहिले कहाँ छन् भन्ने विषयमा आधिकारिक पुष्टि भने भइसकेको छैन।

इन्टरपोलको यो निर्णयले नेपालमा चलिरहेको उच्चस्तरीय भ्रष्टाचार अनुसन्धानलाई अन्तर्राष्ट्रिय कानुनी चुनौती थपिएको विश्लेषण गरिएको छ। अब सरकारले कस्तो रणनीति अपनाउँछ भन्ने विषय चासोको केन्द्र बनेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय