बारामा राष्ट्रिय परिचयपत्र बनाउन अब अनलाइन फाराम नचाहिने

spot_img

बीरगन्ज,२३ वैशाख । जिल्ला प्रशासन कार्यालय बाराले राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रियालाई थप सहज बनाएको छ। नयाँ व्यवस्थाअनुसार अब सेवाग्राहीले राष्ट्रिय परिचयपत्रका लागि अनलाइन आवेदन फाराम (प्रि–इनरोलमेन्ट) भर्नु नपर्ने भएको छ।

गृह मन्त्रालयको चैत ८ गतेको निर्णयपछि नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीबीच अन्तरआबद्धता कायम गरिएकाले यो सुविधा लागू गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार २०८२ चैत ८ गते वा त्यसपछि नागरिकता प्राप्त गर्ने नागरिकहरूले अब छुट्टै अनलाइन फाराम भर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। उनीहरू नागरिकता प्राप्त गरेपछि सिधै राष्ट्रिय परिचयपत्र शाखामा पुगेर विवरण दर्ता गर्न सक्नेछन्।

तर, उक्त मितिभन्दा अघि नागरिकता लिएका नागरिकहरूले भने पुरानै प्रक्रियाअनुसार अनलाइन फाराम भरेर मात्रै सेवा लिनुपर्ने कार्यालयले स्पष्ट पारेको छ। कार्यालयले नयाँ व्यवस्थाले सेवाग्राहीको समय बचत हुनुका साथै राष्ट्रिय परिचयपत्र वितरण प्रक्रिया थप सहज र प्रभावकारी हुने अपेक्षा गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय