spot_img

बारामा बर्डफ्लु संक्रमणपछि अनुसन्धान फार्ममा करिब ५० लाखको क्षति

spot_img
spot_img

बारा,२६ वैशाख । बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको फार्ममा बर्डफ्लु संक्रमण फैलिँदा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

कार्यालयका अनुसार गत चैत अन्तिम साता टर्की जातका पन्छीमा पहिलो पटक संक्रमण पुष्टि भएपछि फार्मभित्र रहेका अन्य पन्छीमा पनि रोग फैलिएको थियो। संक्रमण नियन्त्रण गर्न सबै संक्रमित तथा जोखिममा रहेका पन्छी, अण्डा र दाना नष्ट गरिएको जनाएको छ।

सूचना अधिकारी खमबहादुर प्रजाका अनुसार करिब दुई हजार चल्ला, १,२०० भन्दा बढी गिरीराज जातका कुखुरा, ३३ वटा तित्रा, ४७ वटा टर्की र करिब ४५० वटा बट्टाई नष्ट गरिएको हो।

यससँगै ठूलो परिमाणमा पशुपन्छी दाना पनि नष्ट गरिएको छ। कार्यालयले ८३५ किलो एल–१, ४५५ किलो एल–२ र १,८३५ किलो एल–३ दाना नष्ट गरिएको जानकारी दिएको छ।

हाल फार्म क्षेत्रमा जैविक सुरक्षा मापदण्डअनुसार निर्मलीकरण तथा संक्रमण नियन्त्रणको काम भइरहेको छ। चुना छर्किने, मल व्यवस्थापन गर्ने र ताप प्रयोग गरेर सरसफाइ गर्ने कार्य जारी रहेको कार्यालयले जनाएको छ।

अनुसन्धान कार्यक्रम पुनः सञ्चालनका लागि पोखरा र नेपालगञ्जस्थित कार्यालयबाट आवश्यक पन्छी तथा अण्डा ल्याउने तयारी भइरहेको पनि जानकारी दिइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय