spot_img

अमेरिकी बालबालिकाको डेटा सुरक्षा मुद्दामा टिकटकसँग ४० करोड डलरको सम्झौता तयारी

spot_img
spot_img

काठमाडाै,२६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले भिडियो साझेदारी प्लेटफर्म टिकटक विरुद्ध बालबालिकाको गोपनीयता उल्लंघनसम्बन्धी मुद्दा टुंग्याउन करिब ४० करोड अमेरिकी डलरको सम्झौता गर्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यम एबीसी न्युजले जनाएको छ।

रिपोर्टअनुसार उक्त रकम वासिङ्टन डीसी क्षेत्रमा ट्रम्पले अघि सारेको ‘ब्युटिफिकेसन प्रोजेक्ट’सँग सम्बन्धित योजनामा प्रयोग गर्ने विषयमा ह्वाइट हाउसमा छलफल भइरहेको छ। यसअघि उनले राजधानी क्षेत्रका परियोजनाका लागि अमेरिकी कंग्रेससँग १० अर्ब डलर बजेट माग गरेका थिए।

ह्वाइट हाउसका अधिकारीहरूले अर्लिङ्टन राष्ट्रिय समाधिस्थल नजिक प्रस्तावित ७६ मिटर अग्लो ‘ट्रायम्फल आर्च’ निर्माणमा यो रकम प्रयोग गर्न मिल्ने वा नमिल्नेबारे कानुनी छलफल समेत भइरहेको बताइएको छ।

यस विषयमा ह्वाइट हाउसले आधिकारिक टिप्पणी दिन अस्वीकार गर्दै प्रश्नहरू अमेरिकी न्याय विभागतर्फ पठाएको छ। न्याय विभाग र टिकटक दुबैले भने हालसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्।

यसअघि सन् २०२४ मा अमेरिकी न्याय विभागले टिकटक र यसको मातृ कम्पनी ByteDance विरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दामा १३ वर्षमुनिका लाखौँ बालबालिकाको व्यक्तिगत डेटा अभिभावकको अनुमति बिना संकलन गरिएको आरोप लगाइएको छ।

अमेरिकी संघीय व्यापार आयोग (FTC) सँगको संयुक्त मुद्दामा टिकटकले बालबालिकालाई बिना प्रतिबन्ध खाता खोल्न दिएको, व्यक्तिगत जानकारी संकलन गरेको र गोपनीयता कानुन उल्लंघन गरेको दाबी गरिएको छ।

यता, बाइटडान्सले अमेरिकी बजारमा सम्भावित प्रतिबन्ध टार्न तथा डेटा सुरक्षा सुनिश्चित गर्न बहुमत अमेरिकी स्वामित्व रहने नयाँ संयुक्त उद्यम सम्झौता अघि बढाएको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय