spot_img

रौतहटमा तीन बालक एकैसाथ बेपत्ता, प्रहरीले खोजी तीव्र बनायो

spot_img
spot_img

रौतहट,३० वैशाख । रौतहटको कटहरिया नगरपालिकाबाट तीन जना बालक एकैसाथ बेपत्ता भएका छन् । सोमबारदेखि सम्पर्कविहीन भएका उनीहरूको खोजी कार्यलाई प्रहरीले तीव्र बनाएको जनाएको छ ।

बेपत्ता हुनेमा कटहरिया–५ निवासी १४ वर्षीय सकील अन्सारी, १४ वर्षीय कुन्दन साह सोनार तथा १२ वर्षीय पवनकुमार दास सरभंग रहेका छन् । उनीहरू एउटै विद्यालयमा अध्ययनरत तथा एउटै कक्षामा पढ्दै आएका विद्यार्थी हुन् ।

परिवारका सदस्यहरूका अनुसार तीनै जना सोमबार विद्यालयबाट घर फर्किएपछि केही समयपछि “बाहिर खेल्न जान्छौँ” भन्दै घरबाट निस्किएका थिए । त्यसपछि उनीहरू परिवारको सम्पर्कमा नआएको बताइएको छ ।

साँझसम्म पनि घर नफर्किएपछि आफन्त र स्थानीयवासीले सम्भावित स्थानहरूमा खोजी गरेका थिए । तर कुनै जानकारी नपाएपछि अभिभावकहरूले बालकहरूको तस्बिरसहित इलाका प्रहरी कार्यालय कटहरिया मा निवेदन दिएका हुन् ।

कार्यालयका प्रमुख मोहन आले मगर का अनुसार बालकहरूको विवरण विभिन्न सुरक्षा निकायमा पठाइसकिएको छ । खोजीका लागि नेपाल प्रहरी परिचालन गरिएको छ भने भारतीय प्रहरीसँग समेत समन्वय गरेर खोजी कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय