spot_img

बीरगन्ज प्रहरी परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र उद्घाटन

spot_img
spot_img

बीरगन्ज, ३० वैशाख । पर्सा जिल्लाको बीरगन्जस्थित जिल्ला प्रहरी कार्यालय परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ।

संयुक्त राष्ट्रसंघ परियोजना सेवा कार्यालयअन्तर्गत नेपाल प्रहरीद्वारा सञ्चालित सुरक्षा तथा न्याय कार्यक्रम (एसजेपी) मार्फत निर्माण गरिएको उक्त भवनको उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गरेका हुन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सहज, सुरक्षित र संवेदनशील वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको बताए। उनले पीडितमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा बीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, पर्सा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मी, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, मधेस प्रदेश प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलिया, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जका एसएसपी शान्तिराज कोइराला, पर्सा प्रहरी प्रमुख एसपी सुदीप्रसाद पाठक लगायत सुरक्षा निकाय, प्रशासन, संघसंस्था तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय