spot_img

सिरहामा युवकलाई रुखमा बाँधिएको घटनामा वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा

spot_img
spot_img

सिरहा,३० वैशाख । सिरहाको औरही गाउँपालिका–३ मा एक युवकलाई रुखमा बाँधेर अमानवीय व्यवहार गरिएको घटनामा वडाध्यक्षसहित पाँच जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।

पीडित वीरेन्द्र साहको जाहेरीका आधारमा औरही–३ का वडाध्यक्ष जीवछ यादव सहित हेमा यादव, रामबाबु यादव, मुकेश यादव, सुदिप यादव र बिसुन यादवमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा का प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठक का अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । उनले पीडित पक्षको जाहेरी दर्ता भइसकेको र आरोपितहरूविरुद्ध पक्राउ अनुमति लिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् ।

घटना औरही गाउँपालिका–३ को पिपरा टोलमा भएको हो । एक वर्षअघि निर्माण गरिएको कृषि सडक विस्तारको विषयलाई लिएर स्थानीयस्तरमा विवाद हुँदै आएको बताइएको छ । स्थानीय वीरेन्द्र साहको जग्गा सडक क्षेत्रमा परेको विषयमा विवाद चर्किएपछि सोमबार वडाध्यक्षसहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेको थियो ।

विवादका क्रममा वीरेन्द्र साहलाई कुटपिट गर्दै रुखमा बाँधिएको तथा निजी जग्गामा बनेका संरचनासमेत डोजर लगाएर हटाइएको आरोप लागेको छ । घटनापछि स्थानीयस्तरमा व्यापक आलोचना भइरहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय