spot_img

नेशनल मेडिकल कलेजमा २०६औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो

spot_img
spot_img

बीरगन्ज,३० वैशाख । नेशनल मेडिकल कलेजले २०६औँ अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा सम्पन्न गरेको छ । कलेजको लेक्चर थिएटर–१ मा आयोजित कार्यक्रम “हाम्रा नर्स, हाम्रो भविष्य – सशक्त नर्सहरूले जीवनको सेवा गर्छन्” भन्ने मूल नारासहित सम्पन्न भएको हो ।

कार्यक्रमको अध्यक्षता नर्सिङ निर्देशक प्रा. गंगा गुरुङले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा कलेजका अध्यक्ष जैनुदिन अन्सारी सहभागी थिए । कार्यक्रममा प्रबन्ध निर्देशक शहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ, एडमिसन तथा मार्केटिङ निर्देशक आबिद हुसेन अन्सारी र अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवात राष्ट्रिय गान र पानस प्रज्वलनबाट गरिएको थियो । त्यसपछि नर्सिङ विद्यार्थीहरूले दीप प्रज्वलन तथा शपथ ग्रहण गरेका थिए । सांस्कृतिक नृत्य र विविध प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक बनाएको आयोजकले जनाएको छ ।

कार्यक्रममा प्राचार्य प्रा.डा. के.एन. सिंह, उपप्राचार्य प्रा.डा. रविशंकर गुप्ता तथा नर्सिङ क्याम्पसकी उपप्राचार्य प्रा.डा. बबिता सिंहले नर्सिङ पेशाको महत्त्व र स्वास्थ्य सेवामा नर्सहरूको योगदानबारे मन्तव्य व्यक्त गरेका थिए ।

दीर्घ सेवा गरेका नर्सहरूलाई सम्मान गर्नुका साथै अस्पतालका कर्मचारीहरूले सांस्कृतिक प्रस्तुति समेत दिएका थिए । कार्यक्रमको धन्यवाद ज्ञापन कार्यक्रम संयोजक प्रा. जाफ्रे आलम अन्सारीले गरेका थिए । अन्त्यमा केक काट्ने र जलपान कार्यक्रमसहित समारोह सम्पन्न भएको कलेजले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय