spot_img

समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

spot_img
spot_img

काठमाडौँ,३० वैशाख । प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरूले किसानका समस्या, पूर्वाधार, सेवा प्रवाह र सामाजिक मुद्दाहरूलाई प्राथमिकतासाथ उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसदहरूले मुख्य रूपमा आगामी खेती सिजनलाई ध्यानमा राख्दै रासायनिक मल तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। किसानहरू मल नपाएर साहुसँग चर्को ब्याजमा ऋण लिन बाध्य भएको भन्दै समयमै आपूर्ति सुनिश्चित गर्नुपर्नेमा उनीहरूको जोड थियो।

त्यस्तै, कर्णाली राजमार्ग, पाल्पाका सडक, धादिङ–सोम्ताङ सडकजस्ता पूर्वाधार आयोजना ढिलाइ भएको, वर्षायाममा दुर्घटनाको जोखिम बढेको र तत्काल मर्मत तथा पूर्वतयारी आवश्यक रहेको सांसदहरूको भनाइ थियो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा प्रभावकारिता नआएको, छोटी भन्सार बन्द हुँदा सीमा क्षेत्रका नागरिक समस्यामा परेको, तथा चिया निर्यात र कृषि उत्पादनमा देखिएका चुनौतीबारे पनि सांसदहरूले प्रश्न उठाए।

सामाजिक मुद्दातर्फ नर्सहरूको न्यूनतम पारिश्रमिक, दलित तथा अन्तरजातीय विवाहसँग सम्बन्धित घटना, अटिजम भएका बालबालिकाको परीक्षण सुविधा, सुकुमवासी बस्ती व्यवस्थापन, तथा वन्यजन्तु आक्रमणका घटनाले निम्त्याएको मानवीय क्षतिप्रति पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराए।

यसैगरी, डिजिटल नीति, लगानीमैत्री वातावरण, पर्यटन प्रवर्द्धन, वन तथा पर्यावरण संरक्षण, र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने सुझावहरू पनि बैठकमा उठाइएका थिए।

सांसदहरूले समग्रमा किसानदेखि पूर्वाधार, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासम्मका मुद्दामा सरकार अझ सक्रिय हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय