spot_img

पाथीभरा केबलकार परियोजना खारेजीकाे माग गर्दै आन्दोलन घोषणा

spot_img
spot_img

काठमाडौँ,३० वैशाख । पाथीभरा क्षेत्रमा निर्माण हुन लागेको केबलकार परियोजना खारेज गर्नुपर्ने मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ। साथै, मुन्धुमिस्थल मुक्कुमलुङको संरक्षण गर्नुपर्ने अडान पनि आन्दोलनरत पक्षले दोहोर्याएको छ।

बुधबार काठमाडौँको माइतीघर मण्डलामा पत्रकार सम्मेलन गर्दै मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले संयुक्त रूपमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।

आन्दोलनकर्ताहरूले पाथीभरा क्षेत्रलाई धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील क्षेत्र भएकाले केबलकार परियोजना अघि बढाउनु गलत हुने दाबी गरेका छन्। उनीहरूले मुक्कुमलुङ क्षेत्रको मौलिक पहिचान, धार्मिक आस्था र प्राकृतिक वातावरण जोगाउन राज्यले ध्यान दिनुपर्ने माग गरेका छन्।

समितिले चरणबद्ध आन्दोलनमार्फत परियोजना रोक्न सरकारलाई दबाब दिने चेतावनी समेत दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय