spot_img

मधेसका मुख्यमन्त्री यादव आज विश्वासको मत लिँदै

spot_img
spot_img

बीरगन्ज,०१ जेठ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। सरकारमा सहभागी जनमत पार्टीले वैशाख २२ गते समर्थन फिर्ता लिएपछि उत्पन्न संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन्।

प्रदेश सभा सभामुख रामअशिष यादवका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा आज बिहान ११ बजे विशेष बैठक बोलाइएको छ। नेपालको संविधान र प्रदेश सभा नियमावलीअनुसार सरकारमा रहेको कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र संसद्मा बहुमत प्रमाणित गर्नुपर्ने व्यवस्था छ।

१०२ सदस्यीय मधेस प्रदेश सभामा सरकार टिकाउन कम्तीमा ५२ सांसदको समर्थन आवश्यक हुन्छ। जनमत पार्टी बाहिरिए पनि सत्ता पक्षले मुख्यमन्त्री यादवसँग अझै सहज बहुमत रहेको दाबी गरेको छ।

सत्तारुढ गठबन्धनका अनुसार नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालका २६ र नेकपाका १५ सांसद गरी कुल ६३ सांसद सरकारको पक्षमा छन्। यो संख्या बहुमतका लागि आवश्यक समर्थनभन्दा ११ बढी हो।

जनमत पार्टीको बहिर्गमनपछि पनि प्रमुख सत्ता साझेदार दलहरू एकजुट रहेकाले मुख्यमन्त्री यादवले विश्वासको मत सहज रूपमा प्राप्त गर्ने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय