spot_img

कर्तव्य ज्यान मुद्दामा २५ वर्षदेखि फरार अभियुक्त पर्सा प्रहरीद्वारा पक्राउ

spot_img
spot_img

बीरगन्ज,२५ जेठ । कर्तव्य ज्यान मुद्दामा २५ वर्षदेखि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा पर्साको साविक धौरे गाविस–८ (हाल पकाहा मैनपुर गाउँपालिका–१) निवासी ५० वर्षीय काशी महतो चाई भन्ने काशीप्रसाद चौहान रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०५८ फागुन २६ गते पर्साको साविक धौरे गाविस–८ (हाल पकाहा मैनपुर गाउँपालिका–१) निवासी २६ वर्षीया रावडी भन्ने रीना देवीको हत्या प्रकरणमा संलग्न अभियुक्त चाैहान पक्राउ परेका हुन् ।घरायसी विवादका कारण रीना देवीको घाँटी थिची हत्या गरिएको थियो ।

घटनापछि फरार रहेका चाैहानलाई विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले साेमबार बिहान करिब ७ बजे आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले घटनाको लामो समयपछि अभियुक्त पक्राउ परेकाले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।

spot_img

ताजा अपडेट

लोकप्रिय