spot_img

वीरगन्जका मेयर राजेशमान सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

spot_img
spot_img

बीरगन्ज,२५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीमाथि आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नागरिकता दिलाएको आरोप लागेको हो।

अख्तियारका अनुसार मुद्दा दायर हुने अन्य व्यक्तिहरूमा सिन्धुपाल्चोक इन्द्रावतीकी रिता भट्टराई, बीरगन्ज–३ का तत्कालीन वडा सचिव भिखारी राय, वडा सदस्य तुफैल अख्तर ठकुराई तथा जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेल रहेका छन्।

त्यसैगरी छानबिन समिति संयोजक एवं तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

मेयर सिंह यसअघि नै पक्राउ परी धरौटीमा रिहा भइसकेका थिए। उनीमाथि भ्रष्टाचारको मुद्दा लागेपछि बीरगन्ज महानगरको नेतृत्व सम्हाल्ने पहिलो मेयरका रूपमा यो घटनाले विशेष ध्यान आकर्षित गरेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय