spot_img

रास्वपा महाधिवेशनः १ हजार ३५२ प्रतिनिधिले गरेनन् मतदान

spot_img
spot_img

चितवन,११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा १ हजार ३५२ प्रतिनिधिले मतदान नगरेको तथ्य सार्वजनिक भएको छ।

बिहीबार सम्पन्न पहिलो चरणको मतदानमा कुल ४ हजार ३११ प्रतिनिधि मतदाता रहेकामा २ हजार ९५९ जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन्। विद्युतीय मतदान सेवाप्रदायक रामलक्ष्मण इनोभेसनका प्रतिनिधि रामप्रसाद रिमालका अनुसार बाँकी १ हजार ३५२ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्।

पार्टीभित्र महाधिवेशन व्यवस्थापनमा देखिएको अव्यवस्था तथा निर्वाचन प्रक्रिया अपेक्षाभन्दा ढिलो हुँदा धेरै प्रतिनिधि मतदानअघि नै घर फर्किएको बताइएको छ। यसकै कारण मतदानमा सहभागिता अपेक्षाकृत कम भएको रास्वपाका एक नेताले जनाएका छन्।

महाधिवेशनमा ९९ सदस्यीय केन्द्रीय समितिका लागि ३८४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पहिलो चरणको मतदानको परिणाम सार्वजनिक भएपछि पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ।

प्रतिनिधिहरूको उल्लेख्य अनुपस्थितिले महाधिवेशन व्यवस्थापन र निर्वाचन प्रक्रियाको प्रभावकारितामाथि समेत प्रश्न उठाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय