spot_img

सिरहामा कारको ठक्करपछि एक जनाको मृत्यु, पाँच घाइते

spot_img
spot_img

सिरहा,११ असार । सिरहाको मिर्चैया नगरपालिका–८, भगवतपुरमा बुधबार राति भएको सडक दुर्घटनामा एक जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्।

प्रहरीका अनुसार करिब राति ११:३० बजे बागमती प्रदेश ०१–०२५ च ८९७१ नम्बरको इभी कार तीव्र गतिमा अनियन्त्रित भई घर अगाडि कुर्सीमा बसेका ५० वर्षीय गुनाई ठाकुरलाई ठक्कर दिएको थियो। ठक्करपछि कार पोलमा ठोक्किँदै नालामा खसेको थियो।

दुर्घटनापछि स्थानीयवासी उद्धारमा जुटिरहेका बेला अर्को पिकअप गाडी घटनास्थलमा पुगेको र उद्धारमा संलग्न व्यक्तिहरूलाई समेत ठक्कर दिँदै कारका चालकलाई लिएर फरार भएको प्रहरीले जनाएको छ।

घटनामा गुनाई ठाकुरसहित अन्य पाँच जना घाइते भएका छन्। घाइतेमध्ये ३९ वर्षीय रामपुकार ठाकुरको अवस्था गम्भीर छ भने उनी काठमाडौंमा उपचाररत छन्। अन्य घाइतेहरूको मिर्चैयाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

घाइते गुनाई ठाकुरलाई विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

प्रहरीले दुर्घटनामा संलग्न दुवै सवारीसाधन नियन्त्रणमा लिएको छ। साथै, घटनास्थलबाट कपडा, कागजात र मदिरा बरामद गरिएको छ। घटनामा संलग्न भनिएका केही व्यक्तिहरू फरार रहेकाले खोजी तथा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय