spot_img

प्रधानमन्त्रीको बोली चिया पसलजस्तो होइन’कूटनीतिक संवेदनशीलतामा शाहीको चेतावनी

spot_img
spot_img

काठमाडाैं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीबाट भएका गम्भीर राजनीतिक तथा भूराजनीतिक अभिव्यक्तिहरू मन्त्रीहरूले सच्याउने अवस्था सिर्जना हुनु अस्वाभाविक र चिन्ताजनक भएको बताएका छन्।

बुधबार प्रतिनिधि सभा को बैठकमा बोल्दै उनले परिपक्व शासन प्रणालीमा सामान्यतः मन्त्री वा अन्य पदाधिकारीबाट गल्ती भए प्रधानमन्त्रीले अभिभावकत्व ग्रहण गर्दै त्यसलाई सुधार्ने परम्परा रहने उल्लेख गरे। तर अहिले नेपालमा ठीक उल्टो अवस्था देखिएको उनको टिप्पणी थियो।

उनले प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त संवेदनशील हुने भएकाले त्यसलाई सामान्य रूपमा लिन नहुने बताए। “प्रधानमन्त्रीले संसदको रोष्ट्रममा बोलेको कुरा चिया पसलमा गरिएको टिप्पणी जस्तो होइन,” उनले भने।

शाहीले भविष्यमा यस्ता अभिव्यक्तिले मुलुकको भू-राजनीतिक स्थितिमा गम्भीर असर पार्न सक्ने चेतावनी दिए। “यदि भोलि हाम्रो भूभागको विषय उठ्यो भने के जवाफ दिने? यो अत्यन्त गम्भीर विषय हो,” उनले प्रश्न गरे।

परराष्ट्र मन्त्रीले प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउनुपर्ने अवस्था आएकोप्रति उनले असन्तुष्टि व्यक्त गर्दै यस्तो घटना नेपालको राजनीतिक इतिहासमै दुर्लभ रहेको दाबी गरे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय