spot_img

अवैध हतियारको सूचनापछि कांग्रेस नेता अभिषेक गिरी पक्राउ

spot_img
spot_img

विराटनगर,१३ असार । विराटनगरका नेपाली कांग्रेससँग आबद्ध नेता अभिषेक गिरीलाई प्रहरीले शनिबार बिहान आफ्नै निवासबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विशेष सूचनाका आधारमा विराटनगर–१० स्थित गिरीको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी महेन्द्रकुमार मिश्रका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने सूचनापछि प्रहरी टोली परिचालन गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गिरी यसअघि अपहरणसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। जेलमुक्त भएपछि उनी नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका थिए।

प्रहरीले खानतलासीबाट के–कस्ता सामग्री बरामद भए भन्नेबारे भने हालसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन। अनुसन्धानको निष्कर्षपछि थप जानकारी सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय