नेपाल प्रहरीले किन्यो १८ लाखमा चार वटा कुकुर

spot_img

काठमाडौं— नेपाल प्रहरीले अनुसन्धान गर्नेको लागि चार वटा कुकर किनेको छ।

अनुसन्धानमा कुकुरको माग बढेकाले थप चारवटा कुकुर किनेको हो। हातहतियार र विस्फोटक पदार्थको अनुसन्धान गर्नको लागि सर्भियाबाट बेल्जियम सेफर्ड जातको कुकुर ल्याएको केन्द्रीय कुकुर तालिम केन्द्रका प्रहरी निरीक्षक रामचन्द्र सत्यालले जानकारी दिए।

प्रहरीले चारवटा कुकुर ल्याएको हो। प्रहरीले बेल्जियम सेफर्ड जातको चार महिनाको तीन वटा र एउटा कुकुर ३ महिनाको ल्याएको हो। यो प्रजातिको कुकुरले हातहतियार तथा विस्फोटक पदार्थको अनुसन्धान गर्छ। कुकुरलाई करिब एक बर्षसम्म तालिम दिइएपछि मात्र अनुसन्धानको लागि प्रयोग गर्न सकिन्छ। एउटा कुकुरको करिब साढे चार लाख रुपैयाँ तिरेर ल्याइएको हो।

अब नेपाल प्रहरीसँग देशभर ८२ वटा तालिम प्राप्त कुकुर रहेका छन्। केन्द्रीय कुकुर तालिम केन्द्रमा मात्र ४७ वटा कुकुर छन्। त्रिभुवन विमानस्थलमा ७ वटा कुकुर खटाइएका छन्। सबैभन्दा बढी जर्मन सेफर्ड छन्। कुकुरको हेरचार र तालिमको लागि ६० जना प्रहरी रहेका छन्।

कसरी दिइन्छ तालिम?

नेपाल प्रहरीले भारत, थाइल्यान्ड लगायतका देशबाट कुकुर ल्याउने गरेको छ। कुकुरको उमेर करिब ६ महिना भएपछि कुकुरलाई तालिम दिन थालिन्छ।

कुकुरलाई तालिम गराउन सक्षम प्रहरी जवानलाई ह्यान्डल गरिन्छ। एउटा कुकुरलाई एक जनाले नै ह्यान्डल गर्ने गर्छन्। कुकुरले जसले तालिम दियो उसैको मात्र निर्देशन मान्ने गर्दछ।

कुकुरलाई बिहानै खोरबाट निकालिन्छ, अनि दिसापिसाब गराइन्छ। त्यसपछि करिब १ घण्टा शारिरिक व्यायाम दिइन्छ।  दैनिक लागू औषध, हातहतियार लुकाएर खोज्न लगाइन्छ।

दैनिक ३० मिनेट कुकुरलाई मसाजसमेत गराइन्छ। बिहान १० बजेतिर खाना खुवाइन्छ। १२ बजेसम्म खोरमा आराम गराएर फेरि दिउँसो २ बजेसम्म अभ्यास गराइन्छ। दिउँसो ४ बजे खोरबाट निकालेर अभ्यास गराई साँझ दिसापिसाब गराई खोरमा राखिन्छ।

spot_img

ताजा अपडेट

लोकप्रिय