मधेसका नागरिकको सुविधा नखोस्न सरकारलाई गगन थापाको चेतावनी

spot_img

बीरगन्ज,१७ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै मधेसका नागरिकको अधिकार र सुविधा नखोस्न चेतावनी दिएका छन्। फागुन २१ को निर्वाचनपछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्र सर्लाहीको धनकौलमा पुगेका थापाले बुधबार आयोजित नेपाली कांग्रेसको कार्यक्रममा बोल्दै सरकारका केही निर्णयहरूले मधेसका जनतालाई प्रत्यक्ष असर परेको बताएका हुन्।

उनले प्रधानमन्त्रीको जनकपुर भ्रमणतर्फ संकेत गर्दै भने, नागरिकलाई अधिकार माग्न काठमाडौं धाउन नपर्ने आश्वासन दिइए पनि व्यवहारमा त्यसको उल्टो भइरहेको छ। उनका अनुसार, वर्षौँदेखि सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले पारी गएर दैनिक उपभोगका सामग्री किनमेल गर्दा पाउँदै आएको सहजता सरकारले हटाएको छ, जसले जनजीवनमा समस्या थपेको छ।

थापाले उक्त सुविधा पुनः सुचारु गर्न सरकारसँग आग्रह गरे। त्यस्तै, उनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको दैनिक जीवनमा ठूलो असर पारेको उल्लेख गरे। अघिल्ला सरकारहरूले पनि यस्ता निर्णय गरेको भए पनि आफूले विगतदेखि नै गलत नीतिको विरोध गर्दै आएको र अहिले पनि त्यसैमा अडिग रहेको उनले स्पष्ट पारे।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय