गुठी जग्गा विवादमा जनकपुरमा प्रदर्शन

spot_img

जनकपुर,१७ वैशाख । बालेन शाह नेतृत्वको सरकारविरुद्ध जनकपुरमा स्थानीय बासिन्दाहरूले प्रदर्शन गरेका छन्। गुठीको जग्गामा घर बनाएर बसोबास गर्दै आएका नागरिकहरूले सम्भावित घर भत्काउने कदमको विरोध गर्दै सडकमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरूले जनकपुरका विभिन्न स्थानमा र्‍याली निकाल्दै “डोजर आतंक बन्द गर” र “आवासको अधिकार सुनिश्चित गर” जस्ता नाराहरू लगाएका थिए। उनीहरूले आफूहरू बस्दै आएको जग्गाको वैधानिकता सुनिश्चित गर्दै लालपुर्जा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

गुठी-कुटी भूमिहीन घरजग्गा व्यवस्थापन संघर्ष समितिको ब्यानरमा आयोजित प्रदर्शनमा सहभागीहरूले सरकारको सम्भावित कारबाहीप्रति चिन्ता व्यक्त गरेका छन्। जनकपुरका गुठी जग्गामा बनेका घरटहरा हटाइने हल्लापछि उनीहरू आक्रोशित भएका हुन्।

यसअघि २०६२ सालमा भोजराज घिमिरे नेतृत्वको कार्यदलले जनकपुरधाम क्षेत्रमा करिब १० बिघा गुठी जग्गा अतिक्रमणमा परेको उल्लेख गरेको थियो। प्रदर्शनकारीहरूले सुकुमवासीको उचित व्यवस्थापन नगरी बल प्रयोग गरेर घर भत्काउने कार्य नगर्न सरकारसँग आग्रह गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय