spot_img

अध्यादेशबारे राष्ट्रपतिको सक्रियता, संविधानविद्हरसँग आज परामर्श गर्दै

spot_img
spot_img

बीरगन्ज,१७ वैशाख । सरकारले संसद् अधिवेशन अन्त्य गरी एकैपटक ६ वटा अध्यादेश जारी गर्न सिफारिस गरेपछि रामचन्द्र पौडेल ले यस विषयमा गम्भीर चासो देखाएका छन्। अध्यादेशसँग जोडिएका कानुनी र संवैधानिक जटिलता स्पष्ट पार्न राष्ट्रपतिले आज दिउँसो ४ बजे शीतल निवासमा संविधानविद् तथा कानुनविद्हरूसँग परामर्श गर्ने कार्यक्रम तय गरेका छन्।

उक्त छलफललाई महत्वपूर्ण मानिएको छ, किनकि यसै आधारमा अध्यादेशहरू प्रमाणीकरण गर्ने वा रोक्नेबारे अन्तिम निर्णय लिइने बुझिएको छ। सरकारले एकैपटक धेरै अध्यादेश सिफारिस गरेपछि राजनीतिक तथा कानुनी वृत्तमा बहस सुरु भएको छ। यस्तो अवस्थामा राष्ट्रपतिको परामर्श प्रक्रियालाई निर्णयअघि आवश्यक कदमका रूपमा हेरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय