काठमाण्डौ – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत ‘एसिया को–अपरेशन डाइलग’ मा सहभागी हुन कतार प्रस्थान गएका छन् ।
मन्त्री बस्नेत तीन सदस्यीय टोलीको नेतृत्व गर्दै मंगलबार दिउँसाे कतार प्रस्थान गरेका हुन । टोलीमा परराष्ट्र मन्त्रालयका सह–सचिव यज्ञ हमाल र मन्त्री बस्नेतका निजी सचिव/उपसचिव गणेशविक्रम शाही पनि सहभागी छन ।
एसिया को–अपरेशन डाइलग एसियाली मुलुकहरुको विभिन्न विषयमा छलफल गर्ने फोरम हो । कार्यक्रमको बुधबार कतारका राजा अमिर शेख तमिम बीन हमाद अल थानीले दोहामा उद्घाटन गर्ने कार्यक्रम छ । फोरमलाई मन्त्री बस्नेतले सम्बोधन गर्ने कार्यक्रम छ ।
सम्बोधनका क्रममा मन्त्री बस्नेतले वातावरणीय परिवर्तनका कारण एसियाली मुलुकहरुले भोगिरहेका साझा समस्या र तिनको समाधानबारे नेपालको धारणा राख्नेछन । यस्तै त्यस क्रममा विभिन्न मुलुकका सहभागी प्रतिनिधिसँग सामूहिक ताथ एक्लाएक्लै भेटसमेत हुनेछ ।
मन्त्री बस्नेत आउँदाे वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।