बीरगन्ज,१७ वैशाख । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा केही घटेको छ । सुन प्रतितोला एक हजार ८ सयले घटेर प्रतितोला रु दुई लाख ९२ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै चाँदी रु १०५ ले घटेर चार हजार ८१० कायम भएको महासङ्घले जनाएको छ । यस अघि हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी रु चार हजार ९१५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

