शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
शनि, अशोज १३, २०८०
Sat, September 30, 2023
26.6 C
Kathmandu
22.7 C
Kathmandu
30.6 C
Birgunj

नासाले चन्द्रमामा पहिलोपल्ट अमेरिकी महिला अन्तरिक्ष यात्री उतार्ने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३१ बैशाख — अमेरिकाको अन्तरिक्षसम्बन्धी अनुसन्धान गर्ने संस्था नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एजेन्सी) ले चन्द्रमामा पहिलोपल्ट अमेरिकी महिला अन्तरिक्ष यात्री उतार्ने भएको छ ।

- Advertisement -

नासाले सन् २०२४ सम्ममा चन्द्रयान ’आर्टेमिस’ पठाउन तयारी गरिरहेको मंगलबार बिहान घोषणा गरेको हो । नासाले आर्टेमिसमा महिला र पुरुष चन्द्रमामा पठाउने जनाएको छ । नासाले पहिलो अमेरिकी महिला चन्द्रमामा पठाउने अभियानको नाम ’मुन २०२४’ राखेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नासालाई महिला सहितको अभियान चन्द्रमामा पठाउन लगायत अन्तरिक्ष अनुसन्धानका लागि आज बजेट थपिदिएपछि नासाले अभियानको घोषणा गरेको हो । राष्ट्रपति ट्रम्पले सन् २०२० को बजेटमा मानव सहितको चन्द्र अभियान ’मुन २०२४’ का लागि नासालाई १ अर्ब ५० करोड अमेरिकी डलर थपिदिएको छ । उक्त रकम चन्द्र अभियानको प्रणाली डिजाइन, विकास र अनुसन्धान र चन्द्रमाका ध्रुवीय क्षेत्रको अनुसन्धानका लागि दिइएको हो ।

- Advertisement -

नासाले अपोलोकी जुम्ल्याहा बहिनी तथा चन्द्रमाकी देवीको नामबाट महिलासहित चन्द्रमा पठाइने यानको नाम आर्टेमिस राखिएको जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -