Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025
Date
सोम, मंसिर १, २०८२
Mon, November 17, 2025

नहुने चुनावको पैरवी गरेर...

काठमाडौं,०१ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नहुने चुनावको पैरवी गरेर एमालेले...

आशिफको अर्धशतकमा जनकपुरले काठमाडौंलाई...

काठमाडौं,०१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई...

सर्वोच्च अदालत आजदेखि पूर्ण...

काठमाडौं,०१ मंसिर । सर्वोच्च अदालत आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ। गत भदौ २४...

सरकारले चासो नदेखेकाले आन्दोलन...

काठमाडौँ,०१ मंसिर । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले...
spot_imgspot_imgspot_img
18.1 C
Kathmandu
24.9 C
Birgunj
spot_img

होटलमा यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक र दम्पती पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुटवल ८ जेष्ठ — होटलमा यौनधन्दा चलाएको आरोपमा बुटवलमा प्रहरीले होटल सञ्चालक दम्पतिलाई पक्राउ गरेको छ ।

बुटवल ११ कालिकानगर स्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि बन्धक जस्तै बनेकी कपिलवस्तु घर भएकी १५ वर्षीया किशोरी यौन शोषणको पीडा सहन नसकेर भागेपछि घटना बाहिर आएको प्रहरीको भनाइ छ ।

होटलमा बढार कुँडार गर्न भनेर राखिएकी युवतीलाई यौन धन्दामा लगाएको सूचनापछि प्रहरीले बाग्लुङ निसिखोला ७ घर भई बुटवल ११ मा होटल चलाउँदै आएका होटल सञ्चालक दम्पत्ती टेकबहादुर कुँवर र मीनाकुमारी बस्नेतलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले बताए ।

पक्राउ परेका कुँवर दम्पतिलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

भाँडा माँझ्न बसेकी किशोरीलाई आफ्नो होटलसँगै अन्य होटलमा समेत यौन सम्पर्कका लागि पठाउन थालिएपछि किशोरी भागेर घर गएको भनाइ छ ।

प्रहरीको दाबीअनुसार राप्ती मेनु होटलमा किशोरी र युवतीहरु जम्मा गर्ने र बुटवलमा विभिन्न होटलहरुमा यौनधन्दाका लागि पठाउने गरिएको थियो ।

पीडितको भनाइ उधृत गर्दै प्रहरीले जनाए अनुसार होटलमा काम गरेको पैसा पनि होटल संचालकले दिएका थिएनन् । उनले यौन शोषणमा लगाए वापतको पैसासमेत कुँवर दम्पति आफैंले बुझ्ने गरेका थिए ।

पक्राउ परेका दम्पत्तीलाई मानव बेचबिखन तथा संगठित अपराधमा कारवाही गरिने प्रहरीले जनाएको छ । ती दम्पत्तीलाई १५ बर्षको कैद सजायँ हुनसक्ने कानुनी व्यवस्था रहेको प्रहरीको भनाइ छ ।

ताजा समाचार

थप समाचार