घाँस काट्ने क्रममो भिरबाट लडेर एक किशोरीको मृत्यु

spot_img

बीरगंज, ११ जेठ — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा न. ६ मा एक किशोरीको भिरबाट लडेर मृत्यु भएको छ ।

भिरमा घाँस काट्ने क्रममा १८ वर्षीया बिमला केसीको भिरबाट लडेर मृत्यु भएको हो । घर नजिकैको रिड्रनाखोला भिरमा घाँस काट्ने क्रममा आज बिहान ८ बजे भिरबाट लडेको परिवारजनले बताएका छन् ।

मृतक केसी भिरबाट करिब ४ सय मिटर तल खसेको र उनलाई घाँस काट्ने स्थानीयले भेटेको बताइएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय