spot_img

बारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

spot_img
spot_img

बीरगन्ज,०३ चैत । बाराको सिम्रौनगढ नगरपालिकामा दुई भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको ज्यान गएको छ।

सिम्रौनगढ नगरपालिका–५ स्थित सडकमा सोमबार बेलुकी बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकलले बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा बीआर ३० भी ४६३७ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ–५ का ४५ वर्षीय सुरेन्द्र महतो गम्भीर घाइते भएका थिए।

उनीलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही मोटरसाइकल चालक घाइते भएका छन् र उनको समाज अस्पताल कलैयामा उपचार भइरहेको छ। साथै मोटरसाइकलमा सवार अर्का एक जना घाइतेको हिमाल अस्पताल वीरगन्जमा उपचार भइरहेको बताइएको छ। उक्त दुर्घटनामा संलग्न बीआर ०५ एए ८४४४ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय