शिखर पावरको आईपीओ बाँडफाँड सम्पन्न

spot_img

काठमाडौं,०३ चैत । शिखर पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ। आईपीओको बाँडफाँड ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज गरिएको हो।

कम्पनीका अनुसार आईपीओमा २६ लाख ८७ हजारभन्दा बढी आवेदकले कुल २ करोड ८८ लाखभन्दा बढी कित्ताका लागि आवेदन दिएका थिए। तीमध्ये ३६ हजार ५०० आवेदकको ४ लाखभन्दा बढी कित्ता आवेदन विभिन्न कारणले बदर भएको छ। बाँकी २६ लाख ५० हजारभन्दा बढी आवेदकको आवेदन भने सदर भएको जनाइएको छ।

सदर आवेदनमध्ये गोलाप्रथामार्फत प्रति आवेदक १० कित्ताका दरले जम्मा १ लाख ८४ हजार २६० जनाले मात्र शेयर पाएका छन्। अत्यधिक मागका कारण बाँकी करिब २४ लाख ६६ हजारभन्दा बढी आवेदक आईपीओबाट वञ्चित भएका छन्।

उच्च आवेदनका कारण यो आईपीओमा सीमित लगानीकर्ताले मात्रै अवसर पाएका छन् भने अधिकांश आवेदकले शेयर नपाएको स्पष्ट देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय