जनकपुर,२२ जेठ — धनुषामा नमाज पढाउन गएका एक मौलबीको करेन्ट लागेर मृत्यू भएको छ । मुस्लीम धर्मावलम्बीहरुको आस्थाको पर्व इद उल फितरको मौकामा नमाज पढाउन गएका धनुषाको सबैला नगरपालिका वडा नं. ८ ठिल्ला भठिहन निवासि मो. हकिम राईनको करेन्ट लागेर मृत्यू भएको ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।
सबैला नगरपालिका वडा नं. ३ स्थित रहेको इदगाहमा नमाज पढाउन जाँदा नाँगो तारमा छोएपछि करेन्ट लागेर मृत्यू भएको प्रहरीले जनाएको छ । आज ईद उत्र फित्तर मनाईरहँदा मनोरञ्जनको लागि डिजे हर्न बजाउनकै लागि तार हुकिँग गरिरहेको अवस्थामा आगो लागेपछि मौलबी हकिमले एक बच्चालाई बचाउन खोज्दा उनको खुट्टा नाँगो तारमा छोएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मौलबी हकिमलाई करेन्ट लागेपछि तत्कालै उनलाई उपचारको लागि जनकपुर लैजाने क्रममा बाटोमै अन्तिम साँस लिएको बताइएको छ ।




