spot_img

घडीअर्वा पोखरी परिसरमा सूर्य गंगा आरती हुने

spot_img
spot_img

बीरगंज, ३२ जेठ —  वीरगन्जको धार्मिक एवं पर्यटकीय स्थलका रुपमा परिचित घडीअर्वा पोखरी परिसरमा  सूर्य गंगा आरती हुने भएको छ । सूर्य गंगा आरतीको उद्घाटन यही असार १ गते आइतबार साँझ ७ बजे प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले गर्ने छन् ।

सूर्य गंगा आरती परिवारले असार १ गतेदेखि घडीअर्वा पोखरी परिसरमा साताको एक दिन सूर्य गंगा आरती हुने र यसको सम्पूर्ण तयारी भइसकेको जानकारी दिएको छ ।

अध्यक्ष अशोक वैद्यले सूर्य गंगा आरती परिवारले घडीअर्वा पोखरीमा हालका लागि साताको एक दिन हुन गइरहेको गंगा आरतीसहितको पूजा अर्चनामा सहभागि भई सफल बनाउन सबैमा आग्रह समेत गरे । भारतको बनारस र हरिद्वार, जनकपुरको गंगासागर जस्तै वीरगञ्जको घडीअर्वा पोखरी परिसरमा पनि हरेक साताको एक दिन गंगा आरती सहीतको पूजा अर्चना गरिनेछ, वैद्यले भने, गंगा आरतीमा पर्सा, बाराका साथै सिमावर्ती भारतको रक्सौल र त्यस आसपासका स्थानीय पनि सहभाती हुने अपेक्षा गरेका छौ ।

वीरगञ्ज शहरको मध्य भाग्यमा अवस्थित पर्यटकीय एंव धार्मिक स्थलको रुपमा पहिचान बनाउन सफल घडीअर्वा पोखरीको धार्मिक र पर्यटकीय पहिचानलाई अझ प्रचार प्रसार गर्नका लागि गंगा आरती आयोजना गर्न लागिएको अध्यक्ष बैद्यले बताए ।

प्रदेशको विकास निर्माण एवम् समृद्धिका लागि ४ वटा क्षेत्रहरु मध्ये एउटा पर्यटन क्षेत्र समेत रहेको विषयलाई दृष्टिगत गरी धार्मिक पर्यटनको प्रबद्र्धन गरी राष्ट्रिय एवम् प्रारदेशिक संकल्पलाई मूर्त रुप दिन सूर्य गंगा आरती एउटा प्रयासको रुपमा सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ ।

 

spot_img

ताजा अपडेट

लोकप्रिय