spot_img

घडिअर्वा पोखरी अब धार्मिक आस्थाको केन्द्र बन्छ : प्रदेश प्रमुख कायस्थ

spot_img
spot_img

बीरगंज १ असार — प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले वीरगन्जको धार्मिक एवं पर्यटकीय स्थलका रुपमा परिचित घडीअर्वा पोखरी अब पर्यटकिय स्थल मात्रै नभएर धार्मिक आस्थाको केन्द्र समेत बन्ने बताउनुभएको छ ।

घडिअर्वा पोखरी परिसरभित्र रहेको दक्षिण एसियाकै ठुलो सुर्य मुर्ति सहितको मन्दिरमा आज साँझबाट सूर्य गंगा आरती शुभारम्भ गर्दै प्रदेश प्रमुख कायस्थले भारतको बनारस र हरिद्वार, जनकपुरको गंगासागर जस्तै अब वीरगञ्जको घडीअर्वा पोखरी परिसरमा रहेको सुर्य मन्दिरमा पनि हरेक साताको एक दिन गंगा आरती सहीतको पूजा अर्चना प्रारम्भ हुनुले घडिअर्वा पोखरी पहिचान थप उचाइमा पु¥याउने बिश्वास ब्यक्त गर्नुभयो ।

सुर्य गंगा आरती समितिका अध्यक्ष अशोक बैद्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, भारतिय महाबाणिज्य दुत बिसि प्रधान, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, बीरगंजका उद्योगि ब्याबसायि, बारा पर्साका स्थानिय बासिन्दा तथा भक्तजनहरुको ठुलो संख्यामा उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय