पोखरियामा व्यापारीले गरे कालोबजारी, अनुगमन गर्ने निकाय मौन

spot_img

शैलेस गुप्ता
पोखरिया, ८ जेठ – पर्साको पोखरिया नगरपालिकामा लकडाउनको मौका छोपी व्यापारीहरुले कालाबजारी गर्न थालेका छन् । पोखरिया बजार ग्रामिण भेगको बजार भनेर पनि परिचलीत रहेको छ । पोखरिया वरपरका गाउँका प्राय सबै स्थानीय किनमेलका लागि पोखरिया बजार पुग्ने गरेका छन् । तर लकडाउनले अर्थोपार्जन बन्द भएर पिडामा परेका स्थानीयलाई व्यापारीले कालोबजारी गरी थप पिडा दिएका छन् ।

ईद मनाउन सरसामानको जोहो गर्न निस्केका सर्वसाधारण र किसानहरुलाई व्यापारीहरुले कालोबजारी गरी लुटेका छन् । कृषि बिजविजन किन्न पोखरिया पुगेका एक स्थानीयको अनुसार धानको बिउको मुल्य गत वर्षको भन्दा आकासिएको छ ।
उनका अनुसार गत वर्ष ६० रुपैंया किलोमा किनेको बिउ यस वर्ष १२० रुपैंयामा किन्नु परिरहेको छ । त्यस्तै, ८०–९० रुपैंया प्याकेटमा पाउने बिउ किलाको ४५०–५०० रुपैंया पर्न थालेको किसान बताउँछन् ।

त्यस्तै, खुर्सानीको मूल्य ४२० देखि ४५०, बेसारको मुल्य ३९० देखि ४२० सम्म, खाने तेल २२० देदि २४० सम्म, धनिया ३५० देखि ३८० सम्म, हरलिक्स ५०० ग्रामको ४५० रुपंैयासम्म मूल्य बढाएर व्यापारी बेच्दा चर्को मूल्यमा सामान किन्न स्थानीय बाध्य छन् ।

यसरी चर्को मूल्यमा व्यापारीले कालोबजारी गरिरहँदा स्थानिय जनप्रतिनिधी र सरोकारवाला निकाय भने मौन बसेको छ । त्यस क्षेत्रका सरोकारवाला निकायले अहिले सम्म कुनै पनि अनुगमन नगरेको स्थानीय बताउँछन् ।

यसैबीच, पोखरियामा किनमेलका लागि आएका स्थानीयमाथि आज प्रहरीले लाठीचार्ज गरेको छ । बालीनालीका लागि
बिउबिजन, खाद्य र मल किनमेल गर्न आएका किसान र ईदको किनमेलका आएका स्थानीयमाथि प्रहरीले धरपकड गरेको हो । प्रहरीले बजारमा अन्धाधुन्द लाठीचार्ज गर्दा केहीबेर भागाभाग भएको थियो । भागाभागबाट केही स्थानीय नालामा समेत खसेको थिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय