संवैधानिक परिषद् अध्यादेशप्रति गगन थापाको कडा आपत्ति

spot_img

काठमाडौं,२३ वैशाख । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संवैधानिक परिषद् नियन्त्रणमा राख्न प्रधानमन्त्री बालेन शाहले संसद् आह्वान र स्थगनको माध्यमबाट राजनीतिक चलखेल गरेको आरोप लगाएका छन्। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रधानमन्त्री शाहको कदमलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको शैलीसँग तुलना गर्दै आलोचना गरेका हुन्।

उनका अनुसार संवैधानिक परिषद् आफ्नो नियन्त्रणमा राख्न संसद् बोलाउने र पुनः बन्द गर्ने प्रक्रिया प्रयोग गरिएको छ। “अघिल्लो सरकारले पनि यस्तै अभ्यास गरेको थियो, हामीले रोक्ने प्रयास गर्‍यौं तर अहिले अध्यादेशमार्फत अघि बढाइयो,” थापाले भने।

थापाले अघिल्ला सरकारहरूले आफ्ना निकट व्यक्तिहरूलाई नियुक्ति दिलाउन यस्तै प्रकारका राजनीतिक रणनीति अपनाएको आरोप लगाउँदै वर्तमान प्रधानमन्त्रीले पनि सोही अभ्यास दोहोर्याएको दाबी गरे। उनले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर आपत्ति रहेको बताउँदै यस विषयलाई संसद्मा उठाइने जानकारी दिए। “यो विषयमा हाम्रो असहमति छ, यसलाई संसद्मा सशक्त रूपमा उठाउँछौं,” उनले भने।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय