बीरगन्जका क्रिकेटर आरिफ शेख प्रहरी सहायक हवल्दारमा बढुवा

spot_img

बीरगन्ज,२३ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर आरिफ शेख प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका छन्। बीरगन्ज महानगरपालिका–१२ मुर्लीका स्थायी बासिन्दा शेखलाई नेपाल पुलिस क्लबले उनको खेल प्रदर्शन र उपलब्धिहरूलाई मूल्याङ्कन गर्दै पदोन्नति गरेको हो।

नेपाल पुलिस क्लबको कप्तानी गर्दै उनले लगातार दुई पटक जय ट्रफी जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। त्यस्तै प्रो क्लब च्याम्पियनसिपमा पनि क्लबलाई उपाधि दिलाउन उनको प्रदर्शन निर्णायक बनेको थियो।

राष्ट्रिय टिमबाट विश्वकपसम्म प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका कारण उनलाई सम्मानस्वरूप बढुवा गरिएको क्लबले जनाएको छ। बढुवासँगै अर्को सिजनका लागि नेपाल पुलिस क्लबका खेलाडीहरूलाई खेलकुद सामग्री पनि वितरण गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय