spot_img

भट्ट र अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

spot_img
spot_img

काठमाडौं,२३ वैशाख । सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) सम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार उक्त आदेश दिएको हो।

अग्रवाल शंकर ग्रुपका सञ्चालक हुन् भने भट्टलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को समन्वयमा पक्राउ गरेको थियो। उनी भट्टलाई चैत १९ गते काठमाडौंबाट नियन्त्रणमा लिइएको थियो।

त्यसपछि चैत २२ गते अग्रवाललाई पनि पक्राउ गरिएको थियो। अदालतको पछिल्लो आदेशसँगै अग्रवालका लागि छैटौँ पटक र भट्टका लागि पाँचौँ पटक म्याद थप भएको हो।

दुवै जनामाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी गम्भीर आर्थिक अनियमितताको आशंकामा विस्तृत अनुसन्धान भइरहेको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय